लेकका हामी केटाकेटी, कुहिरो भित्र स्कुल छ चौरीलाई चराउँदै दिन बित्छ, पढ्नु र लेख्नु मुस्किल छ लेकका हामी केटाकेटी, कुहिरो भित्र स्कुल छ चौरीलाई चराउँदै दिन बित्छ, पढ्नु र लेख्नु मुस्किल छ हिउँमा कोरेको अक्षर त, एकछिनमा बिलाई जाइजान्छ दिनभरि हेर्नु छ गाईबस्तु, नहेरे भालुले खाइजान्छ नागीमा उडेको धुवाँ त, बादल बन्न जाइजान्छ बादलको अक्षर आकाशमा, देखेर यो मन कल्पन्छ कलमले लेख्ने मन थियो, हिउँले पो औंला खाइदियो कुहिरोमा लुकेको इस्कुलले, टाढै बसेर चियायो